Kathmandu Press

शिक्षण अस्पतालमा कोरोनाको संक्रमणबाट चिनियाँ नागरिकको मृत्यु

काठमाडौं, साउन ७ : कोरोना भाइरसको संक्रमणबाट एक जना चिनियाँ नागरिकको मृत्यु भएको छ। 

शिक्षण अस्पतालमा कोरोनाको संक्रमणबाट चिनियाँ नागरिकको मृत्यु

काठमाडौं, साउन ७ : कोरोना भाइरसको संक्रमणबाट एक जना चिनियाँ नागरिकको मृत्यु भएको छ। 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ५८ वर्षीया चिनियाँ महिलाको बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको हो। 

मंगलबार साँझ शिक्षण अस्पतालमा भर्ना भएकी चिनियाँ महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको शिक्षण अस्पताल कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले जानकारी दिए।

ती महिलालाई ग्रान्डी अस्पतालबाट रिफर गरेको थियो। ग्रान्डीमा उपचारका लागि भर्ना हुँदा ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। ती महिलाको शव शिक्षण अस्पतालमै राखिएको र व्यवस्थापनका लागि चिनियाँ दूतावाससँग समन्वयको काम भइरहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्