बाढीपहिरोले पाँच जिल्लाका ११ सय परिवार विस्थापित
काठमाडौं, साउन ७ : बाढी र पहिरोका कारण पाँच जिल्लाका एक हजार एक सय ५५ परिवार विस्थापित भएका छन्। सबै

काठमाडौं, साउन ७ : बाढी र पहिरोका कारण पाँच जिल्लाका एक हजार एक सय ५५ परिवार विस्थापित भएका छन्। सबैभन्दा बढी म्याग्दीमा विस्थापित भएका छन्।
चार दिनदेखिको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएको छ। देशभरका साना तथा ठूला नदीमा बाढी आएको छ। जसले गर्दा थुप्रै परिवार विस्थापित भएको गृह मन्त्रालयले जनाएको छ।
बढी र पहिरोका कारण म्याग्दी, सिन्धुपाल्चोक, सर्लाही, रौतहट र सप्तरी धेरै विस्थापित भएका छन्।
म्याग्दी ८९६ परिवार विस्थापित
म्याग्दीका विभिन्न स्थानमा बाढी र पहिरोले जनधनको क्षति पुर्याएको छ। घर क्षति हुँदा तथा जोखिममा पर्दा आठ सय ९६ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जनाएको छ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार धौलागिरी गाउँपालिकामा पाँच सय ९०, मालिका गाउँपालिकामा एक सय ९६, रेसुंगा गाउँपालिकामा ८५, र बेनी नगरपालिकामा २५ परिवार विस्थापित भएका छन्।
बाढी र पहिराले म्याग्दीमा २८ जनाको ज्यान गएको छ भने चार जना वेपत्ता रहेका छन् । ‘म्याग्दीमा धेरै मानवीय क्षति पनि भएको छ, अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका छन्,’ उनले भने।
बाढी र पहिरोमा परि १२ जना घाइते भएका छन्। जसमध्ये सात जना घर फर्केका छन भने पाँच जनाको उपचार चलिरहेको छ।
बाढि र पहिरोका कारण ठूलो क्षति भएकाले जोखिममा रहेका केही स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको उनले बताए। उनीहरु केही आफन्तको घरमा केही विद्यालय तथा सार्वजनिक भवनमा बसिरहेका छन्।
सिन्धुपाल्चोकमा २०९ परिवारले घर छोडे
सिन्धुपाल्चोकमा असार २४ गतेदेखिको वर्षाका कारण दुई सय नौ परिवार विस्थापित भएका छन्। बाढी र पहिराले घर भत्किँदा ६९ परिवार र पहिरो आउने जोखिमका कारण एक सय ४० परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार अझै केही परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको । अहिलेसम्म बाह्रविसे नगरपालिका, जुगल गाउँपालिका र भोटेकोशी गाउँपालिकामा पहिरो तथा बाढीले सर्वसाधारण विस्थापित भएका छन्।
अहिलेसम्म सिन्धुपाल्चोकमा ६ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता रहेका छन। बाढी र पहिरोमा परि १० जना घाइते भएको प्रजिअ ढकालले बताए।
सर्लाहीमा २७ परिवारको त्रिपालमा बास
लगातारको वर्षाका कारण सर्लाहीमा डुवान सुरु भएको छ। अहिलेसम्म २७ परिावर विस्थापित भएको जिल्ला प्रशासन कार्यलय, सर्लाहीले जनाएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार लगातार वर्षाका कारण डुवानमा परेकाले २७ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। ‘घर डुवानमा परेपनि पानी पर्न कम भएपछि घर फर्कन मिल्ने अवस्था छ,’ प्रजिअ जिसीले भने।
उनीहरु केही आफन्तको घरमा र केही त्रिपाल टाँगेर बसिरहेका छन्।
रौतहटमा २३ परिवार विस्थापित
रौतहटको गरुडा नगरपालिकामा २३ परिवार विस्थापित भएका छन्। बाढीमा बगेर एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, रौतहटले जनाएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार शिवनगरस्थित झाझखोलामा आएको बाढी बस्तीमा पसेपछि डुबान भएको हो। घर जोखिममा परेपछि उनीहरु सुरक्षित स्थानमा सरेका छन्।
बाढीले बगाएर मंगलबार एक जना वेपत्ता भएका छन्। उनको शव भेटिएको प्रजिअ घिमिरेले बताए।
सप्तरीमा २३ घर डुबानमा
सप्तकोशी नदीमा पानीको वहाव बढेकाले नजिकका वस्ती जोखिममा रहेका छन्। उनीहरुलाई सचेत रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार अहिलेसम्म डुबानका कारण २३ परिवार विस्थापित भएका छन्। ‘घरभित्र पानी पसे पनि धेरै क्षति भएको छैन्,’ उनले भने।
डुबानका कारण विस्थापित परिवार आफनतको घरमा बसिरहेको उनले बताए।












-(86)-1764936079.jpg)