Kathmandu Press

यसरी प्रक्षेपण गरियो नेपालको स्याटेलाइट

काठमाडौं, वैशाख ५ : नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ।

बिहीबार बिहान २ः३१ बजे सं....

यसरी प्रक्षेपण गरियो नेपालको स्याटेलाइट
एजेन्सी

काठमाडौं, वैशाख ५ : नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ।

बिहीबार बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनियाबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो। नेपालले आफ्नै स्याटेलाइट भूउपग्रहमा प्रक्षेपण गरेसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकको सूचीमा परेको छ।

नेपालको स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरिएको नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए। नेपाली भूउपग्रह अहिले आकासमा पुगेको उनले बताए।

नेपाल स्याट–१ भोलि बिहान ३ः३० बजे आइएसएस डकिङ ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र’ मा जोडिने ढकालले बताए। जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनीयरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा स्याटेलाइट प्रक्षेपण गरिएको हो। जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट यो कार्यक्रम अघि बढेको नास्टले जनाएको छ।

‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गरेको छ। नेपाली भूउपग्रहको नाम ‘नेपाली क्युबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यू–बिसु’ राखिएको छ।

प्रकाशित मिति: १४:१८ बजे, बिहीबार, वैशाख ५, २०७६