Kathmandu Press

पशुपतिनाथमा चार महिनापछि भक्तजन

काठमाडौं, साउन १ : पशुपतिनाथ मन्दिरमा चार महिनापछि भक्तजन आएका छन्। उनीहरु आज साउने संक्रान्तिमा पूज

पशुपतिनाथमा चार महिनापछि भक्तजन

काठमाडौं, साउन १ : पशुपतिनाथ मन्दिरमा चार महिनापछि भक्तजन आएका छन्। उनीहरु आज साउने संक्रान्तिमा पूजापाठका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन्।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण गत चैत ११ गतेदेखि लकडाउन गरिएको थियो। लकडाउनसँगै देशभरका मठ, मन्दिर, मस्जिद, गुम्बा पनि बन्द गरिएका थिए।

साउन महिनामा शिवको व्रत बस्ने र पूजापाठ गर्ने प्रचलन छ। त्यही अनुसार बिहीबार पशिुपतिनाथ मन्दिरमा भक्तजन आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।

Hardik ivf

लकडाउनपछि पहिलो पटक पशुपतिनाथ मन्दिरमा पूजापाठका लागि भक्तजन आएको जनाएको छ। तर, मन्दिर भने नखुल्ने निर्देशक खतिवडाले बताए। ‘सरकारले मन्दिर खोल्न अनुमित दिएको छैन, त्यसैले भक्तजन आएपछि मन्दिर खुल्दैन’ उनले भने।

आज बिहान ५ बजेदेखि नै भक्तजन आएका थिए। मन्दिरको मुख्य ढोका बन्द भएकाले बाहिर नै परिक्रमा गरेर फर्किरहेका छन्।

प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, साउन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्