Kathmandu Press

कैंची र काँगियो बोकेर नाई श्रमिक सडकमा

काठमाडौं, असार ३० : लकडाउनका कारण समस्यामा परेको जनाउँदै नाई श्रमिकहरु सकडमा उत्रिएका छन्। उनीहरुले

कैंची र काँगियो बोकेर नाई श्रमिक सडकमा
रिवाज राई

काठमाडौं, असार ३० : लकडाउनका कारण समस्यामा परेको जनाउँदै नाई श्रमिकहरु सकडमा उत्रिएका छन्। उनीहरुले कैंची र काँगियो बोकेर प्रदर्शन गरेका छन्।

नेपाल नाई ट्रेड युनियनको आयोजनामा श्रमिकहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सात बुँदे माग राखेर आन्दोलनमा उत्रिएका उनीहरुले देशभरका नाई मजदुरलाई राहतको व्यवस्था गर्न आग्रह गरेका छन्।

Hardik ivf

त्यस्तै, लकडाउन अवधिभर नाई श्रमिकको बैंक ब्याज मिनाह गर्न, कोठा भाडा र पसल भाडा छुट गर्न पनि माग गरेका छन्। लकडाउन अवधिमा नाई श्रमिकलाई मासिक २५ हजार पारिश्रमिक उपलब्ध गराउन, देशभरका नाई श्रमिकलाई पीपीईको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन्।

अब देशभरका नाई पसल र पार्लर खोल्ने व्यवस्था गर्न तथा श्रमिकको ५० लाखको जीवन बिमा गर्न पनि आग्रह गरेका छन्।

 

प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, असार ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्