Kathmandu Press

३७ ग्यास उद्योगले लिएनन् नेपाल गुणस्तर चिह्न

काठमाडौं, वैैशाख ५ : देशका ३७ ग्यास उद्योगले नेपाल गुणस्तर चिह्नको प्रमाणपत्र लिएका छैनन् । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार, ३५ उद्योगले मात्र....

३७ ग्यास उद्योगले लिएनन् नेपाल गुणस्तर चिह्न

काठमाडौं, वैैशाख ५ : देशका ३७ ग्यास उद्योगले नेपाल गुणस्तर चिह्नको प्रमाणपत्र लिएका छैनन् । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार, ३५ उद्योगले मात्रै नेपाल गुणस्तर (एनएस) चिह्नको प्रमाणपत्र लिएका छन्।

अहिले नेपालमा उद्योग विभागमा ७२ उद्योग दर्ता छन् । तिमध्ये ३५ मात्रै एनएस चिह्नको प्रमाणपत्र लिएको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक मनोज उपाध्यायले बताए । ‘कुनै कारवाही नहुने भएकाले पनि धेरै उद्योगले एनएस चिह्नको प्रमाणपत्र लिएका छैनन्,’ उनले भने। सरकारले २०७३ देखि अनिवार्य रुपमा एनएस चिह्नको प्रमाणपत्र लिनु पर्ने व्यवस्था गरेको थियो।

एनएस चिह्नको प्रमाणपत्र लिनेहरूमा काठमाडौंको नेपाल, बाराको एनएल, पर्साको मनोज, जगदम्बा, एभरेष्ट र सूर्य ग्यास, धादिङको श्रीकृष्ण, गीता, मेट्रो, ओम, कावसन्स, सुगम, श्री र भानु ग्यास रहेका छन्। त्यस्तै, इटहरीको प्रिमा, सिमराको नारायणी, चितवनको साईबाबा, नवलपरासीको जानकी, सुनसरीको मारूती, सुगम र कामाख्याले एनएस चिह्न प्राप्त गरेका छन्।

धादिङको नमस्ते, त्रिवेणी, श्रीराम, श्रीसत्य नारायण, बनेपाको चण्डेश्वरी, पर्साको अम्बर, सुपर, चितवनको उग्रचण्डी, रूपन्देहीको बुटवल, मोरङको रिजालको भान्साघर, धनगढीको रोयल मल्टीकुक कन्र्सन, झापाको पाथिभरा, लियो, सुनसरीको प्राइमा र सिमराको नेपाल (नारायणी) ग्यासले यो चिह्न लिएका छन्।

यसैगरी, नेपालगञ्जको मनकामना, काभ्रेको सगरमाथा, सूर्य र गौरी शङ्कर, रुपन्देहीको सिद्धनाथ, त्रिशुल र सिद्धार्थ, दाङको राप्ती, मकवानपुरको साहारा, धनुषाको नोबेल, झापाको पाथिभरा, लियो, सिमराको नेपाल (नारायणी), नेपालगञ्जको मनकामना, कास्कीको गृहलक्ष्मी र मोरङको कोशीले पनि एनसए चिह्नको प्रमाणपत्र लिएको विभागले जनाएको छ।

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, वैशाख ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्