Kathmandu Press

जेट एयरवेजका सबै घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

नयाँदिल्ली, वैशाख ५ : भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू अस्थाय....

जेट एयरवेजका सबै घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द
एजेन्सी

नयाँदिल्ली, वैशाख ५ : भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा बन्द गरेको छ।

इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले हिजो अन्तिम उडान भरेको थियो। उडान स्थगन गर्नुको विकल्प नभएको जेट एयरवेजले जनाएको छ।

कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै चाँडै उडान सुरू गर्ने आशा पनि व्यक्त गरेको छ।

कम्पनीमाथि एक अर्ब २० करोड ऋण रहेको छ। नयाँ ऋणदाताको खोजि गरिरहेको जनाएको छ। अहिलेसम्म ऋणतादा नभेटिएको जेट एयरवेजले जनाएको छ।

भारत सरकारले जेट एयरवेजको योजनामा लगानीका सम्भावना पहिल्याउन राज्य सञ्चालित बैंकहरूलाई अनुरोध गरेको छ।

जेट एयरवेजमा अहिले २३ हजारले रोजगारी पाइरहेका छन्। यसलाई २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका थिए।

उनले गत महिना अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

कम्पनीका पाइलट, इन्जिनियर र ग्राउन्ड कर्मचारीले महिनौंदेखि तलब सुविधा पाउन सकेका छैनन्। बिमान सेवाको स्थगनसँगै टिकट लिइसकेका विश्वभर हजारौं यात्रु अलपत्र परेका छन्।

हिजो राति स्टेट बैंक अफ इन्डियाले जेट एयरवेजलाई पत्र पठाई अल्पकालीन ऋण उपलब्ध गराउन नसकिने सूचना दिएको थियो।

‘ऋणदाताबाट कुनैपनि किसिमको आपतकालीन वा दिर्घकालीन लगानीको सुनिश्चिचता नभएकाले इन्धन वा अरु दैनिक कार्यसञ्चालनका लागि रकम अभाव भएको छ । त्यसैले तत्काल लागू हुनेगरी जेट एयरवेज सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडान रद्द गर्न बाध्य भएको छ,’ जेट एयरवेजले भनेको छ।

 

प्रकाशित मिति: १०:५२ बजे, बिहीबार, वैशाख ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्