विप्लवको बन्दले जनजीवन प्रभावित, ठाउँ-ठाउँमा बम
काठमाडौं, वैशाख ५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ।
आफ्ना ....
काठमाडौं, वैशाख ५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ।
आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपाले नेपाल बन्दको आह्वान गरेको हो । सरकारले शान्तिपूर्ण गतिविधि गर्दा पनि रोक लगाएर द्वन्द्व निम्त्याएको भन्दै विरोधमा रुपमा बन्द आह्वान गरेको नेकपाले जनाएको छ।
बन्दका कारण देशभरको यातायात प्रभावित भएको छ । पूर्व–पश्चिम राजमार्गलगायत मुख्य राजमार्ग ठप्प रहेका छन्।
देशका प्रमुख शहरहरू प्रायः बन्द छन् । लामो दूरीका सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन्।
त्यस्तै, विद्यालय, कलकारखाना र बजार पनि बन्द रहेका छन् । देशका मुख्य शहरमा छिटफुट पसल खुलेका छन्।
काठमाडौंलगायत उपत्यकामा पनि सार्वजनकि सवारी साधान चल्न सकेका छैनन् । छिटफिुट रुपमा सार्वजनिक सवारीका साधन चलेका छन्।
विप्लवका कार्यकर्ताले बिभिन्न स्थानमा सकेट बम राखेर जनजीवन त्रसित बनाएका छन्।
बागलुङ सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ। शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो।
बागलुङस्थित २३ नं. बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए।
अन्य स्थानमा पनि नेपाल सेनाको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि परिचालन गरिएका छन्।






