Kathmandu Press

स्मरणशक्ति कसरी बलियो बनाउने?

सफल बारटेन्डर कस्ता हुन्छन्?

सम्भवतः ब्रेकअपपछि बारमा पुगेको व्यक्तिलाई सान्त्वना दिन्छन् होला। आवेगमा आएर दुव्र्यवहार गर्ने ग्राहकलाई पनि शान्त पार्न सक्ने ....

स्मरणशक्ति कसरी बलियो बनाउने?

सफल बारटेन्डर कस्ता हुन्छन्?

सम्भवतः ब्रेकअपपछि बारमा पुगेको व्यक्तिलाई सान्त्वना दिन्छन् होला। आवेगमा आएर दुव्र्यवहार गर्ने ग्राहकलाई पनि शान्त पार्न सक्ने मानसिक शक्ति हुन्छ होला। त्यो बाहेक, सकेसम्म चाँडो विभिन्न पेय पदार्थ मिसाउने ज्ञान र सीप पनि आवश्यक पर्छ होला, हैन?

तर, वर्षाैं अघि बारटेन्डरका कामबारे अध्ययन गरेका ग्यालपले केही अनपेक्षित नतिजा भेटे। उनीहरूको स्मरण शक्ति अस्वाभाविक थियो। सबै कुरा विस्तारमा सम्झिन सक्थे। नियमित आउने ग्राहकको नाम मात्रै नभएर, उनीहरूको ‘अर्डर’ पनि कण्ठै थियो।

Hardik ivf

उनीहरूको स्मरणशक्ति कति राम्रो थियो त? पत्ता लगाउन ग्यालपले अलाइड ब्रुअरीसँग मिलेर‘वान हन्ड्रेड क्लब’ सिर्जना गरे। सय जनाको नाम र उनीहरूको रोजाइँको पेय पदार्थ स्मरण गर्नसक्ने बारटेन्डरलाई नगद र सम्मान दिने भए। पाँच सय जनाको नाम र पेय पदार्थ सम्झिनेलाई सबैभन्दा ठूलो इनाम दिइने व्यवस्था गरियो। तर कसैले त्यस्तो गर्न सक्लान्? विश्वास थिएन। केही वर्षपछि, जेनिस नाम गरेकी बेलायती बारटेन्डरले तीन हजार ग्राहक र उनीहरूको पेय पदार्थको नाम स्मरण गरेर सबैको होश उडाइन्।

यस्तो स्मरणशक्ति जन्मजात आउने प्रतिभाजस्तो लागे पनि, यो एउटा सीप हो। यसलाई सिक्न सकिन्छ। जोसुवा फोयरको उदारण हेर्नुहोस्। पेशाले पत्रकार फोयरको स्मरणशक्ति कमजोर थियो। एक वर्षको प्रशिक्षणपछि त उनले युएसए मेमोरी च्याम्पियनसिप नै जित।

‘सबैको कुनै विषय विशेषमा अद्भुत स्मरणशक्ति हुन्छ,’ फोयरले भने,‘हामी सबैभित्र अविश्वसनीय स्मरणशक्तिको क्षमता हुन्छ। त्यसलाई जगाउन उपयुुक्त विधिको आवश्यकता पर्दछ।’ त्यसैले विद्यालयमा सिकेका कुरा बिर्सिनुहोस् र तल उल्लेख गरिएका तीन चरणबाट सुरू गर्नुहोस्।

पहिलो : रातभरि घोक्न बन्द गर्नुहोस्

परीक्षणहरूको एउटा श्रृंखलामा, विद्यार्थीहरूलाई कथा सुनाइयो र एक घण्टापछि सम्झिएको आधारमा परीक्षा लिइयो। एउटा अँध्यारो र शान्त कोठामा केही मिनेट बसेपछि उनीहरूको स्मरणशक्ति १० देखि ३० प्रतिशत बढेको पाइयो।

मष्तिष्कलाई आराम चाहिन्छ। जानकारी एकत्रित गर्न र भण्डार गर्न मष्तिष्कमा स्थान पनि चाहिन्छ। धेरै बिर्सिने मानिसहरूको हकमा यो अझ बढी लागू हुन्छ। हृदयाघात र नशा सम्बन्धी अन्य समस्या भएका व्यक्तिलाई पनि त्यही परीक्षण दोहोर्‍याइयो। विश्रामपछि उनीहरूको स्मरणशक्ति सात प्रतिशतबाट ७९ प्रतिशत पुगेको परीक्षणको नतिजाले देखायो।

दोस्रो : दोहोर्‍याएर पढ्ने वा ‘हाइलाइट’ गर्नु पर्दैन

दोहोर्‍याएर पढ्ने वा हाइलाइट गर्नाले खासै सहयोग नपुग्ने अनुसन्धानमा देखिएको छ। यो एकदमै निष्क्रिय प्रक्रिया हो। यसको साटो, केही सक्रिय विधि प्रयोग गर्नुहोस्: जस्तै हाजिरी जवाफ। आफूलाई प्रश्न सोध्नुहोस् अनि आफैँ उत्तर दिनुहोस्। अभ्यासपरीक्षणले अन्य कुनै पनि विधिभन्दा स्मरणशक्ति धेरै बढाउने प्रमाणहरूले देखाएका छन्। मष्तिष्कबाट पटक–पटक जानकारी प्राप्त गर्ने अभ्यासले अर्काेपटक जानकारी कहाँबाट प्राप्त गर्ने थाहा हुन्छ। यसले स्मरणशक्तिमा सुधार गर्नुपर्ने क्षेत्र पनि सहजै पत्ता लाग्छ।

तेस्रोः कसैलाई सुनाउनुहोस्

हालै गरिएको एउटा परीक्षणमा सहभागीले ध्वनी तरंग र ‘डोप्लर इफेक्ट’ बारे सिक। यसले प्रहरीको कारको साइरन नजिक हुँदा साइरनको आवाज धेरै तिखो हुने र टाढा हुँदै गएपछि हराउँदै जाने हुन्छ। परीक्षणको अन्त्यमा, सहभागीहरूलाई विषयवस्तुबारे टिपोट लिएर वा बिना टिपोट पढाउन भनियो। एक सातापछि, उनीहरू फर्किए रसम्झनाको आधारमा एउटा ‘सरप्राइज टेस्ट’ दिए। तुलनात्मक रूपमाटिपोटको प्रयोग नगरी पढाएका सहभागीले राम्रो नतिजा ल्याए।

‘डोप्लर इफेक्ट’लाई आफ्नै भाषामा व्याख्या गर्नुपर्दा उनीहरूले सजिलै स्मरण गर्न सके। कुनै कुरा सिक्ने सबैभन्दा उत्तम विधि नै त्यसलाई सिकाउनु हो। व्याख्या गर्नाले विषयवस्तु बुझ्न सजिलो हुने मात्रै नभएर मष्तिष्कबाट जानकारी ‘झिक्ने’ कार्यले पनि सम्झन सजिलो हुन्छ।

बुझ्नुभयो? लु अब एउटा अँध्यारो, शान्त कोठामा दश मिनेट बस्नुहोस् त। तर, निदाउन चाँहि पाइँदैन है। दश मिनेटपछि यो लेखमा भएका मुख्य बुँदाबारे आफूसँग हाजिरी जवाफ गर्नुहोस्। अनि अरू कसैलाई आफ्नो सिकाइबारे बताउनुहोस्। अनि हेर्नुहोस् त, के फाइदा हुँदोरहेछ।

-एडम ग्रान्ट व्हार्टनका अर्गनाइजेसनल साइकोलोजिस्ट हुन्।
 

प्रकाशित मिति: ०७:१० बजे, बिहीबार, वैशाख ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्