Kathmandu Press

क्यानभासमा रमाउँदै ६ वर्षीया आभा

काठमाडौं, असार २२ : कोरोना भाइरसको महामारी र लकडाउनले लामो समयदेखि विद्यालय बन्द छन्। पठनपाठन हुन नस

क्यानभासमा रमाउँदै ६ वर्षीया आभा

काठमाडौं, असार २२ : कोरोना भाइरसको महामारी र लकडाउनले लामो समयदेखि विद्यालय बन्द छन्। पठनपाठन हुन नसक्दा बालबालिकासँगै अभिभावक पनि तनावमा छन्। तर, ६ वर्षीया आभा विकलाई मात्रै होइन, उनका आमाबुवालाई पनि कुनै चिन्ता छैन।

किनकि आभाले पढिन् कि पढिनन्, स्कुल जान नपाउँदा, स्कुले साथीभाइसँग खेल्न नपाउँदा समस्यामा पो भयो कि भन्ने तनाव लिनुपरेको छैन। आभा घरमा पनि मज्जाले रमाइरहेकी छन्, क्यानभाससँग। ‘मोबाइल, टिभीसँग होइन, रंग र ब्रससँग भुलिरहेकी हुन्छिन्,’ उनकी आमा प्रमिला परियार विक भन्छिन्।

लकडाउनयता आभा रंग र ब्रससँगै व्यस्त छिन्। क्यानभासमा नयाँ-नयाँ चित्र रंगाउँछिन्। यो फुर्सदको समयमा उनले दर्जनौं चित्र कोरेकी छन्। यूकेजीमा पढ्दै गरेकी उनी लकडाउनमा भने धेरै खेल्ने गरेकी पनि छैनन्। ‘एक दिनमा एउटा आर्ट पूरा गर्छु’ आभा भन्छिन्।

Hardik ivf

आभाकाे कलाकृति।

स्कुल चलेको समयमा फुर्सदै हुँदैन्थ्यो। स्कुलबाट फर्केपछि पनि होमवर्क गर्नुपर्ने हुन्थ्यो। त्यसबाट फुर्सद हुँदा कार्टुन हेर्थ्ये। घुम्न, कार्टुन हेर्न मन लाग्छ,’ उनी भन्छिन्, ‘अहिले त आर्ट बनाउँछु।’ 

विशालनगरस्थित शिष्य प्रि–स्कुलमा अध्ययनरत आभाको बिहान अनलाइन कक्षा पनि चल्छ। अनलाइन कक्षा बिहान ९ देखि १०ः३० बजे सकिन्छ। त्यसपछि रंग र ब्रससँग हुन्छिन्। एक दिन बिराएर कार्टुनलाई आर्टमा उतार्ने गरेको उनकी आमा प्रमिलाले बताइन्। आफ्नो मनपर्ने रंग गोल्डेन, पिंक र रेन्बोको संयोजनमा कार्टुनका पात्र, परिवारका सदस्य, फिल्मका पात्र, बोटविरुवालाई क्यानभासमा उतार्छिन्।

आभाकाे कलाकृति।

उनले चित्र कोर्न थालेको डेढ वर्षको उमेरदेखि नै हो। जुन उनले आमाबाबुसँगै सिकिन्। उनका आमाबुवा प्रमिला र नरबहादुर कलाकार हुन्। उनीहरु पनि क्यानभाससँगै रमाउँदै आएका छन्।

सानै उमेरदेखि आमासँगै विभिन्न चित्रकला प्रर्दशनीमा पुगेकी उनी आफ्ना पनि चित्रको प्रदर्शनी गर्न उत्सुक हुन्थिन्। नभन्दै नर्सरीमा पढ्दै गर्दा विद्यालयले नै उनका चित्रकलाको प्रदर्शनी आयोजना गर्‍यो।  उनले कोरोना चित्रले अन्य विद्यार्थीलाई पनि हौसला मिल्ने जनाउँदै विद्यालयले नै उनको एकल प्रदर्शन गरेको उनकी आमा प्रमिला बताउँछिन्।

आभाकाे कलाकृति।

आभाले चित्रकला प्रदर्शनीमा प्रतिस्पर्धा पनि गरेकी छन्।  सन् २०१७ जुनमा ठमेलस्थित मिथिला आर्ट ग्यालरीमा प्रदर्शनी आयोजना गरिएको थियो। जसमा वरिष्ठ कलाकार पनि सहभागी थिए। त्यसमा आभा पनि प्रतिस्पर्धी बनेकी थिइन्। 

कलामा उनको अचम्मको लगाव रहेको आमा प्रमिला बताउँछिन्। ‘आर्टप्रति असाध्यै लगाव छ। अबेर रातिसम्म पनि चित्र कोरिराख्छिन्। मुस्किलले सुताउनुपर्छ,’ आमा प्रमिला भन्छिन्।

आभा विश्वकर्मा।

 

प्रकाशित मिति: ०९:४८ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्