प्रमुख निर्वाचन आयुक्त थपलियाले भने–तीन महिनाभित्रै उपनिर्वाचन गराउँछु
काठमाडौं, वैशाख ४ : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
....
काठमाडौं, वैशाख ४ : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आफू नियुक्त भए तीन महिनाभित्रै उपनिर्वाचन गराउने प्रतिवद्धता जनाएका हुन्।
थपलियाले निर्वाचनलाई कम खर्चिलो बनाउन आफूले सक्दो प्रयास गर्ने पनि बताए। उनले सूचना प्रविधिमैत्री बनाउने र विद्युतीय मतदानको व्यवस्था मिलाउने पनि बताए।
प्रकाशित मिति: १७:०८ बजे, बुधबार, वैशाख ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार