Kathmandu Press

लकडाउनले रोकिएका एक सय १४ शवको विदेशमै अन्त्यष्टि गर्ने तयारी

काठमाडौं, असार ९ : बैदेशिक रोजगारको क्रममा मृत्यु भएका नेपाली श्रमिकको सम्बन्धित मुलुकमै अन्त्यष्टिक

लकडाउनले रोकिएका एक सय १४ शवको विदेशमै अन्त्यष्टि गर्ने तयारी
रासस

काठमाडौं, असार ९ : बैदेशिक रोजगारको क्रममा मृत्यु भएका नेपाली श्रमिकको सम्बन्धित मुलुकमै अन्त्यष्टिको लागि परिवारजनसँग सहमति लिन थालिएको छ। अहिलेसम्म एक सय १४ परिवारले सहमति दिएको बैदेशिक रोजगार बोर्डले जनाएको छ।

लकडाउनका कारण शव ल्याउन समस्या भएपछि परिवारको सहमति लिएर विदेशमै अन्त्यष्टि गर्ने बोर्डले तयारी थालेको हो। यसरी सहमति दिने परिवारलाई थप राहत दिन लागिएको छ।

विदेशमै अन्त्यष्टि गर्न सहमति दिने परिवारजनलाई थप ५० हजार राहत दिने व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। उनको अनुसार, श्रम स्वीकृति अवधि नसकिएको व्यक्तिका परिवारलाई थप राहत उपलब्ध गराइनेछ।

Hardik ivf

बोर्डले श्रम स्वीकृतिको अवधि नसकिएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराइँदै आएको छ।  ‘बैदेशिक रोजगारमा गई श्रम स्वीकृतिको समय अवधिमा मृत्यु भएका श्रमिकको परिवारलाई सात लाख राहत दिँदै आएका छौं। अब विदेशमै अन्त्यष्टि गर्ने सहमति दिने परिवारलाई थप ५० हजार राहत उपलब्ध गराउनेछौं।’
श्रम स्वीकृतिबिना विदेशका गएका श्रमिकका परिवारले भने मृत्यु भएमा राहत पाउने गरेका छैनन्।

बोर्डका अनुसार मृत्यु भएको मुलुकमा नै अन्त्यष्टि गर्नका लागि एक सय १४ जनाको परिवारले सहमति जनाएका छन्। उनीहरुको विदेशमै अन्त्यष्टि गर्न तयारी थालिने भएको छ।

अहिलेसम्म मृत्यु भएका मेलेसियामा सात, साउदी अरबमा २१, कतारमा १२, युएईमा ५३, कुवेतमा चार, बहराइनमा तीन, ओमनमा एक, दक्षिण कोरियामा पाँच र अन्य देशमा आठ जनाको सम्बन्धित देशमै अन्त्यष्टि गर्नका लागि सहमति मिलेको छ।

त्यस्तै, लकडाउनको अवधिमा मृत्यु भएका केही श्रमिकको शव नेपाल ल्याइएको छ। मलेसियाबाट ११, साउदी अरबबाट एक, कतारबाट २०, युएईबाट एक, कुवेतबाट ६, ओमनबाट एक जनाको शव ल्याएर परिवारलाई बुझाएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए।

अझै मलेसियाबाट ४३, साउदी अबरबाट ७६, कतारबाट १३, युएईबाट १६, कुवेतबाट सात, बहराइनबाट चार र अन्य देशबाट पाँच गरि एक सय ६४ जनाको शव ल्याउन बाँकी रहेको बोर्डले जनाएको छ। बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तीन सय १८ जना श्रमिकको शव विदेशमै रहेको छ। जसमध्ये १४ महिला र तीन सय चार पुरुष रहेका छन्।

लकडाउनको अवधिमा मेलिसियामा ६१, साउदी अबरमा ९८, कतारमा ४५, युएईमा ७० जनाको मृत्यु भएको थियो। त्यस्तै, कुवेतमा १७, बहराइनमा सात,  ओमनमा दुई र दक्षिण कोरियामा पाँच जनाको मृत्यु भएको थियो।

यहि अवधिमा सेसेल्समा एक, टर्कीमा एक, अमेरिकामा दुई, बंगलादेशमा एक, कम्बोडिया एक, साइप्रस दुई, जोर्डनमा एक, जापानमा एक, इराकमा एक, मगोलियामा एक, थाइल्यान्डमा एक जनाको मृत्यु भएको बोर्डले जनाएको छ।

प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, असार ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्