Kathmandu Press

नौ दिनमा ५३ हजार यात्रु भित्रिए, कोरोनाको ‘रिस्क जोन’मा काठमाडौं !

काठमाडौं, असार ७ : गृह जिल्लामा रहेका नागरिकहरु धमाधम काठमाडौं उपत्यका भित्रिन थालेका छन् । कोरोना म

नौ दिनमा ५३ हजार यात्रु भित्रिए, कोरोनाको ‘रिस्क जोन’मा काठमाडौं !

काठमाडौं, असार ७ : गृह जिल्लामा रहेका नागरिकहरु धमाधम काठमाडौं उपत्यका भित्रिन थालेका छन् । कोरोना महामारीको सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले गत ११ चैतदेखि देशभर बन्दाबन्दी(लकडाउन) गरेको थियो ।

सरकारले असारको सुरुवातदेखि बन्दाबन्दीको मोडालिटीमा केही परिवर्तन गरी खुकुलो पारेको छ । बाहिरी जिल्लाबाट उपत्यकामा भित्रिने नागरिकको संख्यामा उल्लेख्य बृद्धि भएसँगै कोरोनाको सम्भावित जोखिमको खतराप्रति पनि चिन्ता बढ्न थालेको छ। बाहिरबाट आउने कसैलाई पनि क्वारेन्टिनमा राखिएको छैन । नत उनीहरुलाई नाकामा परिक्षणनै गरिएको छ । विना परिक्षण र निश्चित समयसम्म क्वारेन्टिनमा नराखी काठमाडौं उपत्यकामा प्रवेश गर्न दिदा कोरोनाको जोखिम उच्च हुन सक्ने विज्ञहरुको भनाई छ । 

नेपालमा अहिले कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि भइरहेको छ । ट्राफिक प्रहरीका प्रवक्ता एसपी वामदेव गौतमका अनुसार अहिले बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका आउनेको संख्यामा दैनिक वृद्धि भएको छ । ‘अत्यावश्यक काम भइर पास लिएर आएकालाई मात्रै नाकाबाट उपत्यका प्रवेश गर्न दिएका छौँ । पास नलिइ आएकालाई जहाँबाट आएका हुन् त्यतै फिर्ता पठाउने गरेका छौँ,’ एसपी गौतमले काठमाडौं प्रेससँग भने, ‘लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यका प्रवेश गर्नेको संख्यामा बृद्धि हुँदै गएको देखिन्छ । दुई तीन दिन यताको मात्रै तथ्यांक हेर्दा दैनिक ४ देखि ५ हजारको संख्यामा नागरिकहरु उपत्यका भित्रिने गरेका छन् ।’

Hardik ivf

सरकारले समाजिक दूरि कायम गरेर बजार पसल खोल्न अनुमति दिनुका साथै नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिएको छ।

एक जिल्लाबाट अर्को जिल्लाको अत्यावश्यक बाहेकको आवागनमा भने रोक लगाइएको छ । तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएको छ । सार्वजनिक यातायात बन्द भएता पनि नीजि सवारीमार्फत नागरिकहरु विभिन्न नाकहुँदै प्रवेश गरिरहेका छन् । नागढुंगा, फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा लगायत नाकाबाट नागरिकहरु उपत्यका प्रवेश गरिरहेका हुन् ।

९ दिनमा ५३ हजार भित्रिए, ४८ हजार बाहिरिए

आफ्ना व्यापार व्यावसाय सञ्चालन गर्नका लागि गृह जिल्लामा रहेका नागरिकहरु उच्च संख्यामा आइरहेका छन् । गत जेठको ३० गतेदेखि असारको ६ गतेसम्म काठमाडौं उपत्यकामा ५३ हजार २ सय ४४ (खाद्यान्न लगायतका सामाग्री बोकेका सवारीमा भएका चालक र सहचालक समेत) नागरिक आइसकेका छन् । उपत्यकाबाट भने ४८ हजार ६ सय ३८ नागरिक बाहिर गएका छन् ।

एसपी गौतमका अनुसार काठमाडौंमै बस्ने गरी पास लिएर ४ हजार १ सय ९० वटा सवारी साधनमा १४ हजार १ सय २७ जना यसबीचमा आएका छन् ।

यस्तै विना पास आएका ४ सय ३३ वटा सवारी मार्फत १ हजार ३ सय ८९ जनालाई फिर्ता पठाइएको छ । विदेशमा रहेका नागरिकहरु ३२ वटा हवाइ उडान मार्फत ४ हजार २ सय १५ जना आइसकेका छन् भने उनीहरुलाई सम्बन्धित ठाउँ पठाउने कार्य पनि भइरहेको छ ।

त्यस्तै विभिन्न देशमा रहेका नागरिकहरु आज पनि ६ वटा फ्लाइटमार्फत आउने एसी गौतमले जानकारी दिए । उनले कोरोनाको सम्भावित जोखिम र सरकारले जारी गरेको निर्देशिका अनुसार नै सीमानाकामा कडाइ गरिएको उनले बताए । तर विज्ञहरुका अनुसार काठमाडौं उपत्यकामा भीडभाड बढेसँगै सामाजिक दूरी कायम हुन नसक्दा कोरोना फैलिन सक्ने तर्फ सचेत गराएका छन् ।

प्रकाशित मिति: ०८:५४ बजे, सोमबार, असार ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्