Kathmandu Press

शहीद गेटमा पल्टिएर सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, असार ६ : कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै युवाले आज पनि प्रदर्शन ग

शहीद गेटमा पल्टिएर सरकारविरुद्ध प्रदर्शन
रिवाज राई

काठमाडौं, असार ६ : कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै युवाले आज पनि प्रदर्शन गरेका छन्। उनीहरुले शहीद गेटमा पल्टिएर सरकारविरुद्ध प्रदर्शन गरेको हुन्।

एक सातादेखि 'इनफ इज इनफ' नारा दिएर सडकमा प्रदर्शन गर्दै आएका युवा शनिबार शहीद गेट पुगेका हुन्। उनीहरुले शहीद गेटको सडकमै पल्टिएर प्रदर्शन गरेका छन्।

क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, पीसीआर बिधिबाट कोरोना परीक्षण गर्नुपर्नेलगायतका माग राखी प्रदर्शन गर्दै आएका छन्।

शहीद गेटमा गरिएको प्रदर्शनका केही दृश्य :

प्रकाशित मिति: ११:५६ बजे, शनिबार, असार ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्