नेकपाको एकता चिनी पानीको मिश्रणजस्तैः मन्त्री विष्ट
गलकोट, वैशाख ४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीचको एकीकरण चिनी पानी....

गलकोट, वैशाख ४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीचको एकीकरण चिनी पानीको मिश्रण जस्तै भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटिले बुधबार हटियामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेकपाका नेता तथा मन्त्री विष्टले पार्टी फुट्ने कुरा इतिहासले नस्वीकार्ने बताए। उनले नेकपाको एकता बालुवा पानीको मिश्रण नभएर चिनी पानीको मिश्रण भएको बताए।
उनले सरकारले समृद्धिको जग बसाल्न सफल भएको भन्दै कार्यकर्तालाई धैर्य रहन आग्रह गरे। उनले सिङ्गो पार्टीपङ्ति तथा कार्यकर्तालाई सरकारले गरेको राम्रा कामको प्रचारप्रसार गरी उपयुक्त सुझाव प्रदान गर्न आग्रह गरे।











