नेपालाई विद्वानहरुको देश बनाउनु पर्छः प्रधानमन्त्री ओली
काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन्।
विद्यालय ....
काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन्।
विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्र्थीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भने,‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ। हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ। विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर, अब यो अवस्था रहिरहन सक्दैन।’
प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए। ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ,’उनले भने,‘त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन्।’ प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको स्पष्ट पारे। ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्,’उनले भने,‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ।’






