Kathmandu Press

झरनाको चिसो पानी...

काठमाडौं, असार ४ : लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकावासी घुमघाममा पनि निस्कन थालेका छन्। यतिवेला

झरनाको चिसो पानी...
रिवाज राई

काठमाडौं, असार ४ : लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकावासी घुमघाममा पनि निस्कन थालेका छन्। यतिवेला गर्मी पनि बढेकाले धेरैको रोजाइमा टोखाकाे झाेरस्थित झरना पर्न थालेको छ।

टोखामा रहेको श्रीकृष्ण वरुणेश्वर मन्दिरमा पनि सर्वसाधारणको आवतजावत बढ्दै गएको छ। मन्दिरमा आउने सर्वसाधारण नजिकै रहेको झरनामा रमाउने पुग्ने गरेका छन्।

स्थानीय वासिन्दाका अनुसार, लकडाउनमा मान्छे आउन बन्द थियो। लकडाउन खुकुलो भएसँगै दैनिक डेढ सयभन्दा बढी मानिस झाेर झरनामा रमाउन आउन थालेका छन्। लकडाउन अघि भने दैनिक दुई हजारको हाराहारीमा आउने गरेका थिए।

Hardik ivf

टोखास्थित झरनाका केही दृश्य :

प्रकाशित मिति: १०:२९ बजे, बिहीबार, असार ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्