Kathmandu Press

कोराला नाका पुग्यो संसदीय टोली

मुस्ताङ, वैशाख ४ : व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले चीनसँगको सीमा नाका कोराला पुगेको छ।

समितिका सभापति पवित्रा नि....

कोराला नाका पुग्यो संसदीय टोली

मुस्ताङ, वैशाख ४ : व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले चीनसँगको सीमा नाका कोराला पुगेको छ।

समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ सदस्यीय टोली कोराला नाकाको स्थलगत अध्ययनमा पुगेको हो । टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, त्यस क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको जनाएको छ।

बुधबार फर्किएको टोलीले स्थानीय बासिन्दा र सरोकारवालासँग छलफल पनि गरेको सांसद प्रेमप्रसाद तुलाचनले बताए।

अध्ययन र छलफलका विषयलाई समेटेर प्रतिवेदन तयार गरिने गरिने समिति सभापति खरेलले बताइन् । सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइने छ।

 

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, वैशाख ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्