विदेशबाट नि:शुल्क ल्याउने उडान रद्द गर्दै हिमालय एयरलाइन्सको धमाधम उडान
काठमाडौं, असार २ : विदेशमा करार अवधि सकिएका, सुत्करी भएका, कैद भुक्तान गरिसकेका तथा रोजगारी गुमाएर अ
काठमाडौं, असार २ : विदेशमा करार अवधि सकिएका, सुत्करी भएका, कैद भुक्तान गरिसकेका तथा रोजगारी गुमाएर अलपत्र परेका नागरिकलाई सरकारले स्वदेश फिर्ता गरिरहेको छ। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपालीलाई त्यहाँको सरकारले निःशुल्क नेपाल ल्याइदिइरहेको बेला सरकारले त्यो प्रक्रिया रोकेर भाडा लिनेगरी उडान गर्ने तयारी गरेको छ।
कुवेतमा अलपत्र परेका नागरिकलाई ल्याइदिने भनेर हवाई उडानको मिति समेत तय भएको थियो । तर सरकारले ति निशुल्क उडानहरुमा रोक लगाएको छ।
कुवेतस्थित नेपाली दूतावासले जजिरा एयरबाट कुवेतमा अलपत्र परेका नेपाली नागरिकलाई निःशुल्क रुपमा ल्याइदिने तयारी गरेको थियो । जजिरा एयरका एक कर्मचारीले भने, 'हामीले कुवेतमा अलपत्र परेका नेपालीलाई निःशुल्क ल्याइदिने भनेका थियौँ । जुन १४ को उडाननै विना कारण रद्द गरियो।’
ति कर्मचारीका नुसार विदेशबाट आएकालाई राख्ने ठाउँ नभएको भन्दै निशुल्क ल्याउने उडान रद्द गरिएको हो । 'हामीलाई नेपाल बायुसेवा निगमबाट आएका यात्रुलाई नै राख्ने ठाउँ नभएकाले अहिले त्यहाँ रहेका नेपाली नल्याउनु भन्ने छ । र कहिले ल्याउने भन्ने टुंगो छैन,’ उनले भने, 'अहिलेसम्म हामीले तीन वटा फ्ल्याइट गरिसकेका छौँ । अहिलेको चाहिँ क्यान्सिल भयो । हामीलाई नेपाल बायुसेवा निगमले अनुमति दिएको खण्डमा आज अहिले र भरे नै तयार थियौँ तर सरकारी पक्षबाट रोक्नु भनेकाले रोकिएको हो ।’
जजिराका कर्मचारीका अनुसार आइतबार दुई वटा विमानबाट ३ सय जना नेपालीलाई ल्याइँदै थियो। अहिलेसम्म कुवेतमा रहेका २ हजार ९ सय जना नेपाली घर फर्किन चाहेका छन् । कुवेतबाट तीन पटकमा साढे चार सय नेपालीलाई भने जजिराले निःशुल्क ल्याएको छ।
यस्तै नेपाल बायुसेवा निगमका महानिर्देशक राजन पोखरेलले आफूलाई यसबारे थाहा नभएको जानकारी दिए। 'माथि माथि कूटनीतिकरुपमा हुने कुरा हो यस बारे मलाई थाहा भएन। किन फ्ल्याइट क्यान्सिल भएछ म बुझ्छु,’ पोखरेलले भने, 'हामीले अलिअलि हेर्दिने हो तर मलाई थाहा भएन । कमिसन दिएको होला तर उनीहरुले नल्याउने भनेका होलान् । तल (कर्मचारी)लाई थाहा होला, डिजीलाई थाहा हुने कुरा भएन।’
अहिले बिदेशमा भएका नेपालीलाई नेपाल बायुसेवा निगमको वाइडबडी जहाजसँगै यती समूहको हिमालयन एयरलाइसले पनि ल्याइरहेका छन्। चलनचल्तीको मुल्यभन्दा अत्यधिक बढी भाडा लिएर चार्टर्ड विमानबाट विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन थालेपछि विरोधसमेत भएको थियो।
तर. त्रिभुवन विमानस्थलका एक कर्मचारीका अनुसार यती समूहको हिमालयन एयरले कुबेतमा रहेका नेपाली ओसार्ने प्रयाश असफल भएपनि निशुल्क उडान रोकिएको हो । स्रोत भन्छ, ’हिमालय एयरले नागरिक ओसार्न नपाएपछि मन्त्रालयमार्फत नै रोकिएको हो । अलपत्र नागरिकको पीडाभन्दा यहाँ कमिसनको प्यारो भएको छ।’
सरकारले जुन १५ देखि २५ गतेसम्मका सबै चार्टर्ड उडान बन्द गरेर नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्स मार्फत विदेशमा रहेका नेपालीहरुसँग तोकिएको भाडा लिएर उडान गर्दै आएको छ।