Kathmandu Press

लकडाउनका कारण घट्यो कृषि उत्पादन, चियामा २५ र कफीमा ३५ प्रतिशत नोक्सान

काठमाडौं, असार १ : कोरोना भाइरस फैलिन नदिन गरिएको लकडाउनले कृषि उत्पादनमा असर गरेकाे छ। चिया र कफीको

लकडाउनका कारण घट्यो कृषि उत्पादन, चियामा २५ र कफीमा ३५ प्रतिशत नोक्सान
एजेन्सी

काठमाडौं, असार १ : कोरोना भाइरस फैलिन नदिन गरिएको लकडाउनले कृषि उत्पादनमा असर गरेकाे छ। चिया र कफीको उत्पादन एक चौथाई भन्दा बढी घटेको छ।

चियाको पहिलो पात टिप्ने समयमा लकडाउन भएकाले उत्पादन घटेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले बताए। उनका अनुसार, चियामा २५ प्रतिशत र कफीमा ३५ प्रतिशत उत्पादन घटेको छ।

लकडाउनका कारण समयमा चिया टिप्न नसकिएको प्रवक्ता खनालले बताए। ‘चिया खेतीको पहिलो गुणस्तर पात टिप्ने समय चैतको पहिलो साता हो,  त्यो समयमा टिप्न नपाएर पात पहेँलो भएर झर्‍यो,’ उनले भने।

Hardik ivf

चियाको लागि साना–साना पात गुणस्तर र राम्रो मानिन्छ। तर, लकडाउनका कारण समयमा टिप्न नपाउँदा नोक्सान भएको उनको भनाइ छ।

लकडाउनको प्रभाव कफी उत्पादनमा पनि परेको छ। यस वर्ष कफीको उत्पादन ३५ प्रतिशत घटेको छ। समयमा भित्र्याउन नपाउँदा मौसममा आएको गढबढीले उत्पादन घटेको जनाएको छ।

‘लकडाउनले कफि उत्पादनमा खासै असर नपारेपनि लकडाउन अगाडि भएको मौसम फेरबदलले कफि उत्पादनमा ठूलो असर पारेको छ,’ बोर्डका प्रवक्ता खनालले भने। लकडाउनका कारण कफीमा राख्ने मलसमेत अभाव भएको बोर्डले जनाएको छ।

नेपालमा चिया खेती २८ हजार सात सय ३२ हेक्टरमा हुँदै आएको छ। त्यस्तै, दुई हजार सात सय ६१ हेक्टरमा कफी खेती हुन्छ।

यस आर्थिक वर्षमा अहिलेसम्म चिया २५ हजार दुई सय पाँच दशमलव ८६ मेट्रिक टन र कफी पाँच सय ३० मेट्रिक टन उत्पादन भएको छ। जुन गत वर्षको तुलनामा  चिया ४० प्रतिशत र कफी ५० प्रतिशत कम हो।  

कांभ्रेमा कफी टिप्दै कृषक।

यो वर्ष तीन अर्ब २० करोड ३९ लाख चार हजारको चिया निर्यात गरिएको छ भने नौ अर्ब ९६ करोड १६ लाख १६ हजारको आयात गरिएको छ।

त्यस्तै, एक अर्ब १७ करोड ७३ लाख २३ हजारको कफी निर्यात गरिएको छ भने नौ अर्ब ८० करोड १४ लाख २४ हजारको कफी आयात गरिएको बोर्डले जनाएको छ।

बोर्डको तथ्यांकअनुसार, कफीको आयात अत्यधिक बढिरहेको छ। प्रत्येक वर्ष १० देखि २५ प्रतिशतले आयात बढिरहेको छ।  

नेपालमा १४ हजार दुई सय ३४ कृषकले चिया खेती गर्छन् भने ३३ हजार नौ सय ८४ कृषकले कफी खेती गर्दै आएका छन्। देशका ३२ जिल्लामा व्यावसायिक कफी खेती हुने गरेको छ।

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, असार १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्