Kathmandu Press

बालुवाटारमा प्रदर्शन, ‘सरकार ! अति भो’

काठमाडौं, जेठ २९ : प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिका युवामाथि प्रहरीले पानीको फ

बालुवाटारमा प्रदर्शन, ‘सरकार ! अति भो’
रिवाज राई

काठमाडौं, जेठ २९ : प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिका युवामाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।

कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा सरकारका असफल देखिएको भन्दै युवाहरुले स्वस्फुर्त रुपमा प्रदर्शन गर्दै आएका छन्। क्वारेन्टाइनलाई व्यवस्थित बनाउनुपर्ने र पीसीआर बिधिबाट कोरोना परीक्षण गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

उनीहरुले 'सरकार अति भाे' भन्दै विराेध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले काेराेनाभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीबाट खतरा रहेकाे लेखिएका प्लेकार्ड बाेकेका थिए।

Hardik ivf

बालुवाटार अगाडि सयौं युवा, विद्यार्थी तथा व्यवसायी प्रदर्शनमा सहभागी थिए। सडकमा शान्तिपूर्ण रुपमा विरोध जनाइरहेका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।

प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्। केहीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

बालुवाटारमा गरिएको प्रदर्शनका केही दृश्य :

प्रकाशित मिति: १३:१६ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्