Kathmandu Press

‘हे सरकार ! असक्षमता हात धोएर निको हुँदैन’

काठमाडौं, जेठ २७ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको जनाउँदै प्रधानमन्त्री निवास ब

‘हे सरकार ! असक्षमता हात धोएर निको हुँदैन’
रिवाज राई

काठमाडौं, जेठ २७ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको जनाउँदै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ।

मंगलबार सामाजिक अभियन्ता युवा र व्यवसायीले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरुले सरकारको असफल भएको देखाउने प्लेकार्ड बोकेको थिए।

उनीहरुले क्वारेन्टाइनलाई जोखिममुक्त बनाउन र पीसीआर विधिबाट परीक्षण गर्न माग गरेका छन्। उनीहरुले आरडीटी परीक्षण बन्द गर्न पनि माग गरेका छन्।

Hardik ivf

लकडाउनमात्रै कोरोना नियन्त्रणको विकल्प नभएको उनीहरुले जनाएका छन्। कोरोना नियन्त्रणमा सरकार असक्षम भएको जनाउँदै उनीहरुले भनेका छन्, 'हे सरकार ! असक्षमता हात धोएर मात्रै निको हुँदैन।'

शान्तिपूर्ण प्रदर्शनमा उत्रिका युवा र व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले प्रदशनकारी हटाउन पानीको फोहोरा चलाएको थियो।

बालुवाटारमा गरिएको प्रदर्शनका केही दृश्य :

प्रकाशित मिति: १२:४९ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्