Kathmandu Press

हिंसाको बाटो हिड्ने कसैलाई छोडिन्नः गृहमन्त्री थापा

हेटौंडा, वैशाख ४ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हिंसाको बाटो हिड्ने कसैलाई पनि नछोडिने बताएका छन्।

आज प्रदेश ३ स्तरीय शान्....

हिंसाको बाटो हिड्ने कसैलाई छोडिन्नः गृहमन्त्री थापा

हेटौंडा, वैशाख ४ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हिंसाको बाटो हिड्ने कसैलाई पनि नछोडिने बताएका छन्।

आज प्रदेश ३ स्तरीय शान्ति सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई नियन्त्रणमा लिइने बताए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताको प्रक्रिया चलरिहेको बताउँदै उनले भने, ‘हिंसाको बाटो हिँड्ने कसैलाई पनि छोडिन्न ।’

गृहमन्त्री थापाले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा आवश्यक रहेको बताए । देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा, अपराध, भ्रष्टचार, अनियमिततालगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान सुरु गरेको उनको भनाइ थियो।

गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारीको सहभागिता रहेको छ।

दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाइने जनाएको छ।

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, वैशाख ४, २०७६