प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाइ आज
काठमाडौं, वैशाख ४ : प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको आज सुनुवाइ हुँदैछ।
प्रतिनिधिसभाको संसदीय समितिले आज दिउसो २ बजे सुन....

काठमाडौं, वैशाख ४ : प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको आज सुनुवाइ हुँदैछ।
प्रतिनिधिसभाको संसदीय समितिले आज दिउसो २ बजे सुनुवाइ गर्ने तय गरेको छ । यस अघि उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ।
थपलियाविरुछ ६ वटा उजुरी परेका छन् । उनले स्थानीय विकास मन्त्रालयमा हुँदा बजेट नदिएको विषय उजुरीमा उठाइएको छ । त्यस्तै, कर्मचारी समायोजनमा पनि मनपरी गरेको उजुरीमा उल्लेख छ।
यसैगरी, थपलियो नेकपामा आवद्ध रहेको उजुरी पनि परेको छ । पार्टीको सदस्य रहेको मान्छे संवैधानिक आयोगमा उपयुक्त नहुने उजुरीमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: ११:३५ बजे, बुधबार, वैशाख ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











