Kathmandu Press

विदेशबाट फर्केका नेपाली राख्न 'होल्डिङ एरिया' तयार

काठमाडौं, जेठ २३ : विदेशमा अप्ठ्यारोमा परेका नेपाली आजदेखि स्वदेश फर्किन लागेका छन्। आज म्यानमारबाट

विदेशबाट फर्केका नेपाली राख्न 'होल्डिङ एरिया' तयार
रिवाज राई

काठमाडौं, जेठ २३ : विदेशमा अप्ठ्यारोमा परेका नेपाली आजदेखि स्वदेश फर्किन लागेका छन्। आज म्यानमारबाट २६ नेपाली फर्किएका छन्।

सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई ल्याउन तयारी गरेको छ। विभिन्न देशमा रहेका ५० हजारभन्दा बढी नेपालीले स्वदेश फर्किन सम्बन्धित देशको नेपाली नियोगमा आवेदन दिएका छन्।

उनीहरुमध्ये अप्ठ्यारोमा परेकालाई ल्याइने छ। यसका लागि सरकारले तयारी सुरु गरेको छ।

Hardik ivf

विदेशबाट आएका नेपालीलाई राख्न 'होल्डिङ एरिया' तयार गरिएको छ। जहाँ उनीहरुलाई केही दिन राखिनेछ। उनीहरुको स्वास्थ्य जाँच गरेपछि कोरोना भाइरसको संक्रमण नदेखिएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पठाइनेछ। उनीहरुले घरमै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ।

संक्रमण देखिएका व्यक्तिलाई भने होल्डिङ एरियामै राखिनेछ। गम्भीर भएमा अस्पताल लगिने छ भने सामान्य रहेका बिरामीलाई त्यहि उपचार गरिनेछ।

भक्तपुरको सालघारीस्थित हेरिटेज पार्टी प्लेस पनि होल्डिङ एरियामा परिणत भएको छ। यहाँ पाँच सय जनासम्म राखिनेछ।

होल्डिङ एरियामा परिणत भएको हेरिटेज पार्टी प्लेसका केही दृश्य :

प्रकाशित मिति: ११:५५ बजे, शुक्रबार, जेठ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्