नेपालमै यसरी गरिँदै छ रबर उत्पादन
काठमाडौं, वैशाख ४ : पूर्वी पहाड भन्ने बित्तिकै आकर्षक चिया बगानको तस्वीर आउँछ । अब पूर्वी तराई पनि त्यस्तै अर्को खेतिपातीले चिनिने थालेको छ । त्यो हो,....

काठमाडौं, वैशाख ४ : पूर्वी पहाड भन्ने बित्तिकै आकर्षक चिया बगानको तस्वीर आउँछ । अब पूर्वी तराई पनि त्यस्तै अर्को खेतिपातीले चिनिने थालेको छ । त्यो हो, रबर खेती।
केही समययता पूर्वी तराइका किसान रबर खेतिमा तल्निन हुन थालेका छन् । झापा, मोरङका किसान रबर खेति गरिरहेको छन्। त्यससँगै इलामले पनि सिको गर्न थालेको छ । ‘पूर्वी नेपालका चार जिल्लामा रबर खेति भइरहेको छ । दुई सय २५ गार्डेन छन्,’ रबर खेतिमा अनुसन्धानरत तिलक भण्डारीले भने।
व्यवसायिक रुपमा रबर खेति हुन थालेपछि किसानको पनि आकर्षण बढेको छ। चिया छोडेर भएपनि केही किसानले रबर खेति गरेका छन्। आम्दानी पनि राम्रो हुने भएकाले किसानको आकर्षण बढेको रबर अनुसन्धानविद् भण्डारीले बताए। ‘रबर खेतिमा श्रमिक कम लाग्ने र कच्चा रबरको बजारसमेत खोज्न सजिलो भएकाले किसानको आकर्षण बढेको छ,’ भण्डारीले भने।
पूर्वी नेपालका चार जिल्लामा दुई सय २५ बगानमा रबर खेति भइरहेको छ । पहाडी जिल्लामा दुईदेखि चार रोपनीसम्ममा र तराईका जिल्लामा एक सय ७५ विगाहासम्ममा रबर खेति भइरहेको छ । अहिले वाािर्षक २० करोडको रबर उत्पादन भइरहेको भण्डारीले बताए । उनका अनुसार, आठ सय १० टन प्रशोधित रबर उत्पादन हुने गरेको छ।
किसानले राम्रो आम्दानी पनि गरिरहेका छन् । चियाको तुलनामा पाँच गुणा आम्दानी हुने गरेको भण्डारीको भनाइ छ । उनका अनुसार, पूर्वि तराईको दक्षिणी क्षेत्र यसका लागि उपयुक्त रहेको छ । त्यहाँ राम्रो उत्पादन हुने गरेको छ। माघ, फागुन र चैतबाहेक सबै महिनामा रबर उत्पादन गर्न सकिन्छ । रबरको रुखबाट खोटो संकलन गरी त्यसलाई पकाएर कच्चा रबर बनाइन्छ । पकाएको रबर पातालाई धुँवामा सुकाइन्छ।
कच्चा रबर कारखानामा लगेर प्रशोधन गरिन्छ। उत्पादित रबरमध्ये ७५ प्रतिशत ट्युब तथा टायर बनाउन प्रयोग गरिने र अन्य २५ प्रतिशत प्लास्टिकका सामान बनाउन प्रयोग हुने गरेको छ।
त्यस्तै, रबरबाट इरेजर, टायर, डोरम्याट, ट्युब, बेलुन, रबरब्रिज बनाइन्छ । त्यस्तै, अस्पतालमा प्रयोग हुने चार सयभन्दा बढी सामान पनि रबरबाटै बनाइन्छ। रबर अनुसन्धानविद् भण्डारीका अनुसार, रबरबाट ५० हजारभन्दा बढी प्रकारका बस्तु रबरबाट बन्ने गरेका छन्।
नेपालमै रबर उत्पादन गरेर हजारौं मान्छेलाई रोजागर दिन सकिने र अर्बौको रबर आयत रोक्न सकिन रबर अनुसन्धानविद् भण्डारीको भनाइ छ।












-(7)-1765197040.jpg)