सात दिनभित्र ३९ अर्ब कर तिर्न एनसेललाई परिपत्र
काठमाडौं, वैैशाख ३ : ठूला करदाता कार्यालयले मोवाइल सेवा प्रदायक एनसेल प्रालिलाई ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ लाभकर निर्धारण गरेको छ।
मं....
काठमाडौं, वैैशाख ३ : ठूला करदाता कार्यालयले मोवाइल सेवा प्रदायक एनसेल प्रालिलाई ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ लाभकर निर्धारण गरेको छ।
मंगलबार कार्यालयले एनसेलले ८० प्रतिशत स्वामित्व बिक्री गर्दाको लाभकर निर्धारण गरेको हो। कार्यालयले पत्र पठाउँदै ७ दिनभित्र कर भुक्तानी गर्न सूचना समेत जारी गरेको छ। एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गर्दा ६२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ लाभकर निर्धारण गरेकोमा उसले अग्रिम कर र विलम्ब शुल्क गरी २३ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ भुत्तानी गरेको ठूला करदाता कार्यालयले जनाएको छ।
एनसेलले २५ प्रतिशत आयकर वापत ३५ अर्ब ९१ करोड ३४ लाख, ऐन बमोजिमको शुल्क १८ अर्ब ३३ करोड र ब्याज ८ अर्ब ३९ करोड रुपैयाँ निर्धारण गरेको छ। एनसेलले अग्रिम रुपमा २१ अर्ब ५४ करोड ८० लाख र बिलम्व वापत २ अर्ब २ करोड ६२ लाख रुपैयाँ भुत्तानी गरिसकेको ठूला करदाता कार्यालयले जनाएको छ।
सर्वोच्च अदालतले गत माघ २४ गते लाभकर एनसेल र मलेसियाको आजियटा वनहार्डले तिर्नुपर्ने परमादेश जारी गरेपछि ठूला करदाता कार्यालयले कर निर्धारण गरेको हो। सर्वोच्चले लाभकर भुत्तानी नभएसम्म एनसेललाई लाभांश वितरण र स्वामित्व किनबेचमा रोक लगाउन सरकारका नाममा परामदेश जारी गरेको थियो।
एनसेलको ८० प्रतिशत स्वामित्वकर्ता रेनोल्ड होल्डिङस र टेलिसोनेरिया स्वीडेनले आजियटा वनहार्ड मलेसियालाई १ खर्ब ४३ अर्ब ३७ करोड ३५ लाख रुपैयाँमा बिक्री गर्दा टेलिसोनेरियाको नाममा ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ लाभकर निर्धारण गरेको थियो।






