Kathmandu Press

अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको तयारी पुरा

काठमाडौं, जेठ १८ : सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेको समयमा विमानस्थल व्

अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको तयारी पुरा

काठमाडौं, जेठ १८ : सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेको समयमा विमानस्थल व्यवस्थापनको तयारी पुरा भएकाे छ। 

कोरोना भाइरसका कारण साढे दुईमहिनादेखि बन्द रहेको देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी भएको हो। 

विमानस्थलमा सामाजिक दूरी कायम हुनेगरी यात्रु आवतजावतको प्रक्रिया व्यवस्थित गरिएको छ। विमानस्थलमा अब यात्रुहरु कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्नेछ। कर्मचारी र यात्रुबीच भौतिक रुपमा दूरी कायम हुनेछ। 

 

प्रकाशित मिति: १८:५३ बजे, आइतबार, जेठ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्