डाक्टरलाई कुटपिट गरेको विरोधमा प्रदर्शन
काठमाडौं, जेठ १८ : उपचारको क्रममा बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा नेपाल मेडिकल कलेज, जोरपाटीका
काठमाडौं, जेठ १८ : उपचारको क्रममा बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा नेपाल मेडिकल कलेज, जोरपाटीका चिकित्सकले प्रदर्शन गरेका छन्।
उनीहरुले आइतबार मेडिकल कलेजमै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। दोषीलाई कारबाही गर्न माग गर्दै तीन सय ५० चिकित्सक विरोधमा उत्रिएका हुन्।
बिरामीका आफन्तले जेठ १४ गते उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए।
त्यसको विरोधमा असप्तालले सेवा पनि बन्द गरेको छ। सुरक्षाको प्रत्याभुति नहुँदासम्म आकस्मिक र फिभर क्लिनिकबाहेका सेवा बन्द गरिएको जनाएको छ।
प्रकाशित मिति: १३:१५ बजे, आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












