Kathmandu Press

कोरोना नियन्त्रणका लागि सरकारले लिएको कदम सफल : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरका

कोरोना नियन्त्रणका लागि सरकारले लिएको कदम सफल : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम सफल भएको दाबी गरेका छन्। 

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम सफल भएको दाबी गरेका हुन्।

‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरु सफल भएका छन्। लकडाउनले जनजीवन केही असहज बनाएको छ। तर, यसले कोरोना संक्रमित पहिचान गर्न मद्दत पुर्‍याएको छ,’ उनले भने। 

समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय, समयमै तय गरिएको अस्पताल सेवा सञ्चालनको कार्यविधिको तर्जुमा र कार्यान्वयन लगाएका कार्यक्रममले महामारीबाट हुन सक्ने सम्भावित डरलाग्दो क्षतिलाई जोगाएको प्रधानमन्त्री ओलीले दाबी गरे। ‘यो अवधिमा दुई वर्षीया शिशुदेखि ८१ वर्षीया वृद्धसम्मलाई कोरोना निको पार्न सक्नुलाई उपलब्धिका रुपमा लिन सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारलाई  सहयोग गरेकोमा सबै देशवासीलाई धन्यवाद समेत दिए। 

प्रकाशित मिति: १७:३६ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्