Kathmandu Press

थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौं, जेठ १२ : नेपालमा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

सोमबार गर

थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौं, जेठ १२ : नेपालमा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा थप  ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

संक्रमतिहरु बर्दिया गुलरिया–२ र १० का १८, २२ र २४ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरूष, काठमाडौं–१५ घर भई कलैयामा कार्यरत २८ वर्षीय पुरूष र अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष रहेको प्रवक्ता देवकोटाले बताए। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित संख्या ६८२ पुगेको छ। संक्रमितमध्ये ११२ जना निको भएर घर फर्किसकेका छन् भने चार जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:२७ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्