Kathmandu Press

प्रधानमन्त्रीले साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।<

प्रधानमन्त्रीले साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

कोरोना भाइरसको महामारीविरुद्धको हालसम्मको अवस्था र अबका रणनीतिबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले सोमबार साँझ साढे ५ बजे  राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीले नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधनमा कोरोना महामारीविरुद्धको लडाइ र अहिलेसम्मको अवस्थाबारे जानकारी गराइने छ।

यसअघि कोरोना महामारीबारे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा दुई पटक  सम्बोधन गरेका छन्। प्रधानमन्त्रीको सम्बोधनअघि साँझ ५ बजे मन्त्रिपरिषद् बैठक राखिएको छ।

प्रकाशित मिति: १५:४५ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्