Kathmandu Press

बाँकेको नरैनापुर गाउँपालिकामा निषेधाज्ञा, सेना पनि परिचालन

काठमाडौं, जेठ ११ :  कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित भेटिएको बाँकेको नरैनापुर गाउँपालिकामा

बाँकेको नरैनापुर गाउँपालिकामा निषेधाज्ञा, सेना पनि परिचालन

काठमाडौं, जेठ ११ :  कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित भेटिएको बाँकेको नरैनापुर गाउँपालिकामा निशेषाज्ञा जारी गरिएको छ। 

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले नेपालमै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको नरैनापुर गाउँपालिकामा राति ८ बजेबाट निषेधाज्ञा जारी गरेको हो। नरैनापुर नेपालमै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको एक मात्र गाउँपालिका हो। 

भारतीय सीमा क्षेत्रसँग जोडिएको नरैनापुर गाउँपालिकामा अहिलेसम्म ११२ जना कोरोना संक्रमित भेटिएका छन् भने एक जनाको क्वारेन्टाइनमै कोरोनाका कारण मृत्यु भएको छ। भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण देखिएको र अझै बढ्न सक्ने भएकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए।

‘कोरोनाको संक्रमण फैलिन नदिन संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम साँझ ८ बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्म नरैनापुर गाउँपालिकाको सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ,’ निर्णयमा भनिएको छ। 

बैठकले  निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन तत्काल सेना परिचालन गर्ने पनि निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए।   ‘निषेधाज्ञाको प्रभाभकारी कार्यान्वयनका लागि भैरव प्रसाद गण समेत सम्पूर्ण सुरक्षा निकायलाई तत्काल परिचालन गर्ने निर्णय भएको छ,’ उनले भने। 

यसअघि गाउँपालिकाले कोरोना संक्रमित बढ्दै गएकाले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै केन्द्र र प्रदेश सरकारसँग गुहार मागेको थियो। 

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, जेठ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्