Kathmandu Press

थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं, जेठ ११ : नेपालमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

आइतबार राष्ट्

थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं, जेठ ११ : नेपालमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही समरीमाई गाउँपालिकाका–५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष, रुपन्देहीकै गैडहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तु खैराती–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। 
 
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा बाराको कलैया ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय, पर्सा घर भई हाल बारामा कार्यरत ३४ वर्षीय, पर्साकै नागबाका ६० वर्षीय पुरुष,  रौतहट घर भई हाल कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर–६ का ४८ वर्षीय, काठमाडौं सोह्रखुटेका ६९ वर्षीय  र नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण भेटिएको उनले बताए। 

उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बाह्रदशी–३ का ४५ वर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ। नुवाकोटमा कोरोनाको संक्रमण भेटिएसँगै संक्रमित जिल्लाको संख्या ४२ पुगेको छ। 

हालसम्म कोरोनाबाट संक्रमित हुनेमा ५२४ जना पुरुष र ७९ जना महिला रहेका छन्।  योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६०३ पुगेको छ। 

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, जेठ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्