Kathmandu Press

कांग्रेसले घोषणा गर्‍यो ७५३ स्थानीय तहमा पुग्ने कार्यक्रम

काठमाडौं, बैशाख ३ : कांग्रेसले तीन चरणको राष्ट्रिय जनजागरण अभियान घोषणा गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन ....

कांग्रेसले घोषणा गर्‍यो ७५३ स्थानीय तहमा पुग्ने कार्यक्रम
रिवाज राई

काठमाडौं, बैशाख ३ : कांग्रेसले तीन चरणको राष्ट्रिय जनजागरण अभियान घोषणा गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले पार्टीको संगठन सुधार र सरकारको भ्रष्टचारजन्य क्रियाकलापको विरोध गर्न अभियान घोषणा गरेको हो। 

कांग्रेसले सबै निर्वाचन क्षेत्र, स्थानीय तह र प्रदेशमा कार्यक्रम गर्नेगरी अभियान घोषणा गरेको छ । ‘हिमाल, पहाड, तराइ–मधेश नेपाली कांग्रेस जागरण’ नाम दिइएको अभियान वैशाख ११ गते लोकतन्त्र दिवशदेखि सुरु हुने भएको छ । 

जनजागरण अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र ७६ जिल्लामा केन्द्रीय प्रतिनिधिले उद्घाटन गर्ने गरी कार्यक्रम तय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लामै एक महिना बस्ने र कार्यक्रम गर्ने जिम्मेवारी दिइएको छ । 

पहिलो चरण

वैशाख ११ गते लोकतन्त्र दिवसबाट सुरू भएर जेठ ११ गते सकिने 

दोस्रो चरण

भदौ २४ बीपी जन्मजयन्तीमा सुरू भई असोज ७ गते सकिने 

तेस्रो चरण

पुस ७ गते सुरू भएर पुस १६ मेलमिलाप दिवसका दिन सकिने 

पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पुग्ने र १५ दिन सम्बन्धित क्षेत्रमा बस्ने तथा तेस्रो चरणमा ७५३ गाउँ नगरमा केन्द्रीय प्रतिनिधि खटिएर कार्यक्रम हुने प्रवक्ता शर्माले बताए।

प्रकाशित मिति: १८:११ बजे, मंगलबार, वैशाख ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्