Kathmandu Press

थप ३६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं, जेठ १० :  नेपालमा थप ३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शन

थप ३६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं, जेठ १० :  नेपालमा थप ३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शनिबार सेती अस्पताल, कैलाली, कोशी अस्पताल विराटनगर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही र सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

संक्रमितहरु बाँकेको नगरैनापुरको मद्रसा र नरैनापुर–३ का २७ जना, बैतडी शिवनाथ गाउँपालिकाका चार जना, सुर्खेतका तीन जना,  झापाको झापा गाउँपालिकाका र बर्दिया बडैयाताल–७ का एक–एक जना पुरुष रहेका छन्।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ५८४ पुगेको छ। संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, जेठ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्