Kathmandu Press

थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं, जेठ १० : नेपालमा थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शनिबार बिहान

थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं, जेठ १० : नेपालमा थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शनिबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, चितवनमा  गरिएका परीक्षणमा थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

संक्रमितहरु सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुष, कपिलवस्तुको वाणगंगा नगरपालिकाका सात जना पुरुष र एक महिला, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुष, काठमाडाैंका एक पुरुष, बारा करैयामाइ गाउँपालिकाकी एक महिला र चिवतन भरतपुर–६ का एक जना पुरुष रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए। 

उनका अनुसार संक्रमितहरु १७ देखि ५५ वर्ष उमेर समूहका रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ५४८ पुगेको छ। संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: ०८:५५ बजे, शनिबार, जेठ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्