Kathmandu Press

थप २० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं, जेठ ९ : नेपालमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार

थप २० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं, जेठ ९ : नेपालमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार भेरी अस्पताल, नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल, कैलाली र काेशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

उनका अनुसार संक्रमितहरु बाँकेका १४ जना, कैलालीका तीन, डडेल्धुराका एक, बैतडी र मोरङको रतुवामाई गाउँपलिकाका एक-एक जना पुरुष रहेका छन्। 

बाँकेको नरैनापुर गाउँपालिकाका १३ र राप्ती सोनारी गाउँपालिकाका एक जना पुरुषमा कोरोनाको संक्रमण भेटिएको डा. देवकोटाले बताए। उनका अनुसार उनीहरु १८ देखि ६१ वर्ष उमेर समूहका पुरुष रहेका छन्। 

यस्तै, कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षीय पुरुष, डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय पुरुष, बैतडी शिवनाथ–१ का एक र मोरङको रतुवामाई नगरपालिका–२ का ४७ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५०७ पुगेको छ। तीमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, जेठ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्