Kathmandu Press

संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता 

काठमाडौं, जेठ ९ :  सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ। 

कानू

संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता 

काठमाडौं, जेठ ९ :  सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ। 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले शुक्रबार संघीय संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएकी हुन्। प्रतिनिधिसभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। उक्त बैठकमा संविधान संशोधनको प्रस्ताव टेबुल हुनेछ। 

यसअघि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर सरकारले जारी गरेको नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संविधान संशोधन गर्ने निर्णय गरेको थियो।

सरकारले भारतले अतिक्रमण गरेका नेपाली भू–भाग समेटेर बुधबार नेपालको नयाँ नक्सा पारित गरेको थियो। 


 

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, जेठ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्