Kathmandu Press

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं, जेठ ९ : सरकारले अन्तराष्ट्रिय सिमाना सहित जारी गरेको नयाँ नक्सा उल्लेख गरेर संविधान संशोधन

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं, जेठ ९ : सरकारले अन्तराष्ट्रिय सिमाना सहित जारी गरेको नयाँ नक्सा उल्लेख गरेर संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १३ गते बस्ने संसद बैठकमा पेश हुनेगरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । सरकारले तीन दिन अघि पश्चिमको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सालाई संविधानको अनुसूची (३) मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय सरकारले गरेको हो। 
 

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, जेठ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्