Kathmandu Press

थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

काठमाडौं, जेठ ८ :  नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार भेर

थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

काठमाडौं, जेठ ८ :  नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा, रुपन्देहीमा गरिएको परीक्षणमा बाँकेका दुई जना र कपिलवस्तुको सुद्दोधन गाउँपालिकाका एक जना गरी तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

उनका अनुसार संक्रमितहरु बाँके नरैनापुर–३ का ३२ वर्षीय पुरुष, खजुरा-३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ४५७ पुगेको छ।

योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४५७ पुगेको छ। तीमध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना संक्रमित निको भएर घर फर्किएका छन्। 

प्रकाशित मिति: २०:३३ बजे, बिहीबार, जेठ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्