दाङमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४५४ पुग्यो
घोराही, जेठ ८ : दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राप्ती सवास्

घोराही, जेठ ८ : दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका– ३ का ३७ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा संगीता भण्डारीले जानकारी दिइन्। उनका अनुसार ती पुरुष घोराही उपमहानगरपालिकाको कुइरेपानी क्वारेन्टाइन रहेका थिए।
कोरोना संक्रमित पुरुष जेठ ५ गते भारतबाट दाङ आएको खुलेको छ। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४५४ पुगेको छ। तीमध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना संक्रमित निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











