Kathmandu Press

थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं, जेठ ८ : नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिही

थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं, जेठ ८ : नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार प्रदेश नम्बर १ को प्रयोगशाला र रुपन्देहीको भैरहवा प्रयोगशालामा गरिएका परीक्षणबाट थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार संक्रमितहरु झापका ८ र रुपन्देहीका एक जना रहेका छन्। 

योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४५३ पुगेको छ। तीमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।

यसअघि बिहीबार बिहान थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, जेठ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्