Kathmandu Press

थप २५ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं, जेठ ७ : नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार ग

थप २५ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं, जेठ ७ : नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार गरिएका परीक्षणमा थप २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता. विकास देवकोटाले जानकारी दिए। 

कपिलवस्तुका १३ जना, बाँकेको नरैनापुर गाउँपालिका– ५ का पाँच र  खजुरा– ५ का एक पुरूष गरी ६ जना, धनकुटाका पाँच जना र नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ का एक जना पुरुष गरी २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए। उनका अनुसार संक्रमित जिल्लाको संख्या ३८ पुगेको छ। 

योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४२७ पुगेको छ। तीमध्ये ४५ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, जेठ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्