Kathmandu Press

कोरोना संक्रमितको निधन भएको छैन : अस्पताल  

भूल सुधार तथा क्षमायाचना 

कोरोना भाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय प

कोरोना संक्रमितको निधन भएको छैन : अस्पताल  

भूल सुधार तथा क्षमायाचना 

कोरोना भाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार हामीले प्रकाशित गरेका थियौं । तर, अस्पतालले औपचारिक विज्ञप्ति जारी गर्दै उनको उपचार जारी रहेको जनाएकाले यस अघिको समाचारको स्रोतले गलत सूचना दिएकाले क्षमायाचना सहित उक्त समाचारको हटाइएको छ । आम पाठक वर्ग तथा बिरामीका परिवार तथा आफन्तजनमा पर्न गएको असरप्रति क्षमायाचना गर्दछौं । -सम्पादक

काठमाडौं, जेठ ७ : रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालले उपचारका क्रममा गुल्मीका कोरोना संक्रमितको मृत्यु नभएको बताएको छ।  

अस्पतालले बुधबार दिउँसो विज्ञप्ती जारी गर्दै बिरामीको निधन नभएको जनाएको हो। गुल्मीका ४१ वर्षका पुरुषको १ सातादेखि अस्पतालमा उपचार भइरहेको उनको निधन भएको समचार भ्रमपूर्ण र अतिरञ्जित भएको अस्पतालले जनाएको छ। अहिले उनको अवस्था गम्भीर रहेको र आइसियू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: ११:१६ बजे, बुधबार, जेठ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्