Kathmandu Press

उपत्यकामा पाँच जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ ६ : काठमाडौं, ललितपुर र भक्तपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।&nbs

उपत्यकामा पाँच जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ ६ : काठमाडौं, ललितपुर र भक्तपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं, ललितपुर र भक्तपुरमा गरी पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

प्रवक्ता देवकोटाका अनुसार काठमाडौंमा तीन, ललितपुर र भक्तपुरमा पनि एक–एक जना गरी पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका रहेको उनले जानकारी दिए। 

कोरोनाबाट संक्रमित हुने जिल्लाको संख्या ३६ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए। कोरोना संक्रमितको स्थायी ठेगाना र हाल उनीहरु रहेको ठेगाना अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकिएको उनले बताए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। तीमध्ये ३७ जना निको भएर डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्