Kathmandu Press

कर्णाली प्रदेशमा पनि भेटिए कोरोनाका संक्रमित 

काठमाडौं, जेठ ५ : कर्णाली प्रदेशमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन्। 

सोम

कर्णाली प्रदेशमा पनि भेटिए कोरोनाका संक्रमित 

काठमाडौं, जेठ ५ : कर्णाली प्रदेशमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन्। 

सोमबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालमा गरिएको परीक्षणमा कर्णाली प्रदेशको दैलेख आठबिस–१ का एक जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

संक्रमितको स्वास्थ्य सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको सहप्रवक्ता अधिकारीले बताए। 

कर्णाली प्रदेशमा कोरोना संक्रमण पहिलो पटक देखिएको हो।  योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन्। 

प्रकाशित मिति: २२:३५ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्