Kathmandu Press

नेपालमा थप १८ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौ, जेठ ५ : नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमब

नेपालमा थप १८ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौ, जेठ ५ : नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार साँझ भेरी अस्पताल नेपालगञ्ज, काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विराटनगरको कोशी अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

संक्रमित सबैभन्दा बढी बाँकेको नरैनापुरका १२ जना पुरुष, धनुषाका दुई जना पुरुष, खोटाङ हलेसीका एक, दैलेख आठबिस–१  का एक, सुनसरी र झापाका एक–एक जना पुरुष रहेका छन्। संक्रमितको स्वास्थ्य सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको सहप्रवक्ता अधिकारीले बताए।  

यसअघि सोमबार दिउँसो ६२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: २२:२५ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्