Kathmandu Press

भारतले अतिक्रमण गरेका भूमि समेटिएको नेपालको नक्सा पारित

काठमाडौं, जेठ ५ : भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई सम

भारतले अतिक्रमण गरेका भूमि समेटिएको नेपालको नक्सा पारित

काठमाडौं, जेठ ५ : भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर बनाइएको नेपालको नयाँ नक्सा पारित भएको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर बनाइएको नेपालको नयाँ नक्सा पारित गरेको हो। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भू-भाग समेटेर नयाँ नक्सा तयार पारेको थियो। उक्त नक्सा जारी गर्ने प्रस्ताव भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेकी थिइन्।

एक मन्त्रीले दिएको जानकारी अनुसार नयाँ नक्सामा भारतले अतिक्रमण गरेको भनिएका लिपुलेक, लिम्पियाधुरा र कालापानीको भू–भागलाई समेटिएको छ।

भारतले लिपुलेकको नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोबर जोड्ने सडक निर्माण गरेपछि चर्को विरोध हुँदै आएको छ। 

प्रकाशित मिति: १९:४२ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्