Kathmandu Press

बाँकेमा एकैदिन ४७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ ५ : बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

सोमबार ने

बाँकेमा एकैदिन ४७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ ५ : बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

सोमबार नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

उनका अनुसार संक्रमित ४६ जना पुरुष र एक जना महिला रहेका छन्। संक्रमितहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेको छन्।  योसँगै बाँकेमा कोरोनाबाट संक्रमितको संख्या ८१ पुगेको छ। 

यसअघि बाँकेमा ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। संक्रमित ३४ मध्ये एक जनाको भने आइतबार क्वारेन्टाइनमै मृत्यु भएको थियो।
 

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्